दुई शाखा बन्द गर्दै प्रभु बैंक
२४ भदाै, काठमाडौं । प्रभु बैंकले २ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन गर्ने भएको छ । त्यस्तै पर्सा जिल्लाको विरगंजको लिंकरोड शाखा विरगंज शाखामा समायोजन गर्न लागेको हो ।
महानगरपालिकाभित्र रहेका शाखा कार्यालयहरू समायोजन तथा एकीकरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका आधारमा प्रभु बैंकले काठमाडौं महानगरको १ र विरगंज महानगरको १ शाखा सोही महानगरको अर्को शाखामा समायोजन गर्न लागेको हो । यी शाखा आगामी मंसिर २४ गतेदेखि समायोजन गरी कारोबार सुरू हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : September 9, 2026 at 12:47 pm


