६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

आईपीओ निष्कासन गर्दै नेक्सजेन म्यानेजमेन्ट

८ भदौ, काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज ३ गते काठमाडौंको होटल एल्लो पगोडामा ८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनी ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ मा गरेको लगानी अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित मिति : 12:55