२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

दुर्घटनामा घाइते तनहुँका सामाजिक अभियन्ता खत्रीको मृत्यु

८ भदौ, तनहुँ ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडाैँमा आज बिहान निधन भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो । घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ११:५०