१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड

८ भदौ, काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भदौ ६ गते बाँडफाँड गरेको हो ।

कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४५ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो।

निष्कासन अवधिभर रितपूर्वक आवेदन दिने १४ हजार ५२० आवेदकहरुलाई १ लाख ४५ हजार २ सय कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ०९:१९