संसद् बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली होः रास्वपा
६ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले संसद् बहिस्कार संविधान विरोधी अभ्यास नभएको बताउनुभएकाे छ । शुक्रबार प्रतिनिधि सभाको बैठकका बाेल्दै डाँगीले संसद् बहिष्कार विरोधको स्वरुप भएको उल्लेख गर्दै यो विगतमा अहिलेका सत्तारूढ दलहरुले पनि गरेको स्मरण गराउनुभयो ।
संसद्को विरोध लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध भनी चित्रण गरेकामा उहाँले आपत्ति जनाउनुभयो । सत्तापक्षलाई खबरदारी गर्न रास्वपाले निरन्तर आन्दोलन गरिरहेको सांसद डाँगीको भनाइ थियो । संसद् सङ्ख्याका आधारमा नभई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
रास्वपाले दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेको र परिणाम शून्य भए पनि यसलाई निरन्तरता दिने सांसद डाँगीको भनाइ थियो । जनताको समस्या समाधान गर्न सरकार सुस्त भएको, पक्षपातको मापदण्ड बनाएर उपसभामुखलाई निकाल्न खोजेको, संवैधानिक परिषद् लामो समयदेखि नबसी संवैधानिक निकायलाई रिक्त राखिएको सांसद डाँगीको आरोप थियो
प्रकाशित मिति : 14:56









