२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द

४ भदौ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिनुभयो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १०:४३