कांग्रेसका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइयो
३ भदौ, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।
कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको हो । नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ दलले गरेको बताइएको छ ।
प्रकाशित मिति : 10:37









