१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

३ भदाै, काठमाडौं । अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (भदाै ३) गते मंगलबारदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने हुनुभएकाे छ ।

प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शो यही भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।

जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ । ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार ०९:५३