हुन्डाई नेपालले ल्यायो ‘दशैँ–तिहार, १० गुणा उपहार’
२ भदाै, काठमाडाैं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैँ यस वर्ष पनि दशैँ–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार”घोषणा गरेको छ।
दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षोल्लास बनाउन हुन्डाईले ‘दशैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्।
यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ।
हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ। यो अफर भदौ २ देखि सुरु भएको छ।
प्रकाशित मिति : August 18, 2025 at 2:38 pm









