१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

‘बा’ ब्राण्डिङमा एमालेको छलाङ, ओलीलाई अग्लो देखाउन पुष्पलाल, मदन र मनमोहन गायब

१ भदौ, काठमाडौँ । ‘बा’ ब्राण्डिङमा लागेको सत्तारूढ पार्टी नेकपा एमालेले पोस्टर प्रचारमा छलाङ मारेको छ । पार्टीका आधिकारिक व्यानर पोस्टरहरूमा केपी शर्मा ओली बाहेकको तस्बिर नराख्न उर्दी जारी गरेको ठ्याक्कै दुई वर्षपछि एमालेले केन्द्रीय प्रचार विभाग मार्फत कार्यान्वयनमा ‘बा’ ब्राण्डिङको केन्द्रीय नीतिमा छलाङ हानेको हो ।

संस्थापक महासचिव भएका कारण पुष्पलाल जनताको बहुदली जनवादका प्रणेता भएका कारण जननेता मदनकुमार भण्डारी र दक्षीण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्राधानमन्त्री भएका कारण मनोहन अधिकारीको तस्बिर हरेक पोष्टरमा एमालेले राख्दै आएको थियो ।

तर अब ती नेतसँगै पार्टी अध्यक्षको तस्बिर राख्दा अग्लो नदेखिने भएपछि पुष्पलाल, मदन र मनमोहनको तस्बिर गायब बनाएर ‘बा’ ब्राण्डिङलाई थप समृद्ध बनाउन खोजिएको छ । विधान महाधिवेशनका लागि प्रचार विभागको नाममा प्रकाशित पोस्टरमा ओलीको ठूलो तस्बिर राखेर ‘बा’ ब्राण्डिङ मजबुद बनेको सन्देश प्रवाह गरिएको छ ।

ओली बाहेकको तस्बिर प्रयोगमा निषेध गर्ने निर्णय दुई वर्ष अघि भए पनि सुरूमा कार्यान्वयनमा नजादै विवादित बन्यो । सुरूमै कर्णाली प्रदेशको प्रचार विभागले त्यसको उल्लघन गर्यो ।

यता निर्णयको चर्को आलोचना भएपछि प्रधानमन्त्रीको मुख्य सल्लाहकार समेत रहुन भएको एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो फेसबुक मार्फत जारी गरेको उर्दीमा पनि अध्यक्ष बाहेकको कसैको फोटो नराख्ने भन्ने निर्णयमा तीन नेताको बाहेक भनेर फेसबुकको पोष्टमै संशोधन राख्नुभयो ।

अहिले एमालेले दोस्रो बिधान महाधिवेशनको १९ दिन अघि सार्वजनिक भएको महासचिव शंकर पोखरेलले फेसबुकमा सेयर गर्नुभएको तस्बिरबाट पुष्पलाल, मदन र मनमोहनलाई बिदा दिइएको छ ।

कमरेड छाडेका केपीलाई एमालेको अहिलेसम्मकै ठूलो नेता देखाउने प्रयत्न ओलीकै निर्देशमा महासचिव शंकर पोखरेल र उपमहासचिवद्धय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालले कार्यान्वयन गरिरहनुभएको छ ।

एमालेको दुई वर्षअघिको निर्णय केन्द्रीय कार्यालयबाटै कार्यान्वयन लैजान सुरू गरिएको हो । पार्टीभित्र बा बाण्डिङको अभियानमा तत्काल कमिटीले अबरोध सिर्जना गरेपछि युट्युब च्यानलमा केपी बा नामको एकाउन्ट खोलेर र कान्तिपुर दैनिकमा मासिक दुई थान लेख केपी शर्मा ओलीको नाममा प्रकाशित गरेर ब्राण्डिङ प्रयास गरिएको थियो । त्यो पछिल्लो ८ महिनादेखि स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस्

‘बा’ ब्रान्डिङमा रहेको एमालेले हटायो ७० वर्षको उमेर हद

‘अध्यक्षको ब्राण्डिङ’मा एमालेको अर्को पाइला, कार्यक्रममा ओलीबाहेकको फोटो प्रयोग गर्न प्रतिबन्ध

ओली ब्राण्डिङमा रिमालको थप व्याख्याः निर्धारित पद्दतिलाई अनुशरण गर्ने एमालेको पहिचान हो

ओली ब्राण्डिङमा एमाले कर्णालीको धावा, ओलीको तस्बिरबिनै प्रचार विभागको कार्यक्रम

एमाले केन्द्रीय कमिटी आजदेखि, ‘बा’ ब्राण्डिङ छाडेर ‘कार्यकर्ता आधारित पार्टी’ बनाउने

कमरेड छाडेका केपी र केन्द्रीय कमिटीबाट गरिएको अपेक्षा

प्रकाशित मिति : August 17, 2025 at 10:40 pm