ओली ब्राण्डिङमा रिमालको थप व्याख्याः निर्धारित पद्दतिलाई अनुशरण गर्ने एमालेको पहिचान हो
१ भदाै, काठमाडाैँ । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले ब्राण्डिङ गर्ने सचिवालय बैठकको निर्णयका सम्बन्धमा उपमहासचिव विष्णु रिमालले थप व्याख्या गरेका छन । उनले बिधि, पद्दति तय गर्ने र निर्धारित पद्दतिलाई अनुशरण गर्ने एमालेको पहिचान भएको बताएका छन ।
उनले माओवादीसँगको एकताबाट सिर्जना भएको भद्रगोल मिलाएर एमालेले पार्टीलाई व्यवस्थित पद्धतिमा फर्काउँदै गरेको बताएका छन । उनले उल्लेख गरेका छन, ‘सार्वजनिक कार्यक्रम र आचार संहिता ! बिधि, पद्दति तय गर्ने र निर्धारित पद्दतिलाई अनुशरण गर्ने एमालेको पहिचान हो । माओवादी सँगको एकता पछि त्यसले भद्रगोल ल्यायो। चारित्रिक नैतिक विचलन माओवादीको मुख्य प्रवृत्ति थियो। त्यस बेलाको संक्रमणकालीन समस्याबाट बल्ल एमालेले पार्टीलाई व्यवस्थित पद्धतिमा फर्काउँदै छ। सचिवालयको अहिलेको निर्णय त्यसैको लागि हो।’

प्रकाशित मिति : August 18, 2023 at 11:16 am









