१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

‘अध्यक्षको ब्राण्डिङ’मा एमालेको अर्को पाइला, कार्यक्रममा ओलीबाहेकको फोटो प्रयोग गर्न प्रतिबन्ध

३२ साउन, काठमाडौँ । निरन्तर संसद अबरोधमा अर्को कीर्तिमान बनाउने तयारीमा रहेको नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ब्राण्डिङ अझै मजबुद बनाउन ५ बुँदे आचारसंहिता तयार गरेको छ । नयाँ आचारुंहिता अनुसार एमाले र एमालेका जनवर्गीय संगठनले गर्ने सबै औपचारिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीबाहेको फोटो प्रयोग गर्न प्रतिबन्ध लगाइएकोछ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो सचिवालय बैठकको निर्णय बुधबार काठमाडौँको र्याडिसन होटलमा भएको उद्योग तथा वाणिज्य विभागको कार्यक्रम मार्फत सार्वजनिक गरेको बताएका छन । एमालेले पार्टीको बैठकका निर्णयहरू प्रचार विभाग मार्फत विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने गरेको भए पनि यो निर्णय भने लाजिम्पाटको होटल र्याडिसनबाट अध्यक्ष ओलीले सार्वजनिक गरेका छन ।

रिमालले फेसबुकमा दिएको जानकारी अनुसार अब एमालेका सबै औपचारिक कार्यक्रमहरूमा ओली बाहेको तस्बिर प्रयोग हुनेछैन । रिमालले उल्लेख गरेका छन, ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने ।’

एमालेको नयाँ आचारसंहितामा अब मञ्चमा बोल्ने नेतामात्र चढ्नेछन । अतिथिहरूले छुट्टै मञ्च नपाएपनि दर्शकदीर्घामा उनीहरूका लागि मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने उल्लेख गरिएको छ । कार्यक्रम सुरू भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गरिने पनि भएको छ । त्यस्तै एमालेले कार्यक्रममा ब्याज, माला र खादाको प्रयोग आवश्यकमात्र गर्ने भएको छ । एमालेको यो पाँचबुँदे आचारसंहिता पूरै कार्यान्वयन भए पार्टीको प्रभावकारिता थप बढ्ने निश्चित छ ।

ओलीको फोटो अनिवार्य, अरूको प्रयोगमा प्रतिबन्ध

आचारसंहिता नेकपा एमालेको अन्तर पार्टी निर्देशन मार्फत कार्यान्वयनमा जानेछ । त्यसपछि अध्यक्ष ओली सहभागी नहुने सबै औपचारिक कार्यक्रममा पनि ओलीको फोटो प्रयोग गर्नुपर्नेछ । यो नीति एमालेबाहेक उसका २२ वटा जनवर्गिय संगठनका हरेका औपचारिक कार्यक्रममा कार्यान्व्यन गर्नुपर्नेछ । पार्टीका अन्य नेता प्रमुख अतिथि भएर कुनै कार्यक्रममा गएको खण्डमा पनि उनीहरूको फोट प्रयोगमा प्रतिबन्ध लागेको छ । अध्यक्षको ब्राण्डिङमा समय र शक्ति खर्च गरिरहेको एमालेको यो निर्णयले पार्टी भित्र भने नेता कार्यकर्ताले खुशीका साथ प्रचार गरिरहेका छन ।

‘केपी बा’ ब्राण्डिङमा अर्को पाइला 

एमाले अध्यक्ष ओली ‘केपी बा’का नाममा आफूलाई ब्राण्डिङ गर्न चाहन्छन वा उनको वरिपरि घुमिरहने गणेश प्रवृतिका नेता कार्यकर्ताले त्यस्तो देखाउने प्रयत्न गरिरहेका छन । पछिल्ला गतिबिधि नियाल्दा एमालेको संगो पक्ति नै सिंगारपटार गराएरै भए पनि ओलीको ब्रण्डिङ गर्नेमा अभ्यास गरिरहेको देखिन्छ । यसका दृष्टान्तहरू एमालेको कार्यक्रममा सहभागी भएकाले र नजिकबाट नियालेका सबैले देखेकै छन ।

यो पनि पढ्नुहोस्

‘बा’ ब्रान्डिङमा रहेको एमालेले हटायो ७० वर्षको उमेर हद

पार्टीका स्थानीय कमिटी र जनवर्गीय संगठनहरूले पार्टी अध्यक्षको फोटोबाहेक अन्य नेताहरू जो कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी हुन्छन उनीहरूको पनि फोटो प्रयोग गर्न थालेपछि एमालेको नयाँ आचारसंहिता आएको हो । केही महिनायतामात्र ओलीको नाममा ‘केपी बा’ युट्युब च्यानल खोलेर लाइक र सेयर मागिदै आएको छ । राजधानीको निकै महंगो मानिने एलफ्ट होटलमा सुटिङ भएर कान्तिपुर दैनिकमा स्क्रिप्ट छापिएपछि उक्त च्यानलमा भिडियो अपलोड हुने गरेको छ । उक्त च्यानलमा पाँच महिनाको अबधिमै ६ वटा भिडियो अपलोड भएको छ । अहिलेसम्म १२ हजार ८ सय सब्सक्राइबर पाएको उक्त च्यानलमा राखिएको ओलीको अनुभव र भोगाइसँगसम्बन्धित आत्मबृतान्त ३९ हजारसम्मले हेरेको देखिन्छ ।

केपी च्यानलका भिडियोहरूमा लाइक, कमेन्ट र सेयरको खासै बहार नदेखिएपछि एमालेका केही महिना अघि ५० हजार लाइक आए बहुमत नै प्राप्त गर्न सकिने चर्चाहरू समेत भएका थिए । यद्यपी बहुमतनै ल्याउने गरी अहिलेसम्म अध्यक्षको फेसबुकमा एक पटकमात्र लाइकहरू आएको देखिन्छ ।

प्रकाशित मिति : August 17, 2023 at 12:46 pm