२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सन नेपाल लाइफको नाफा ५७ करोड ४९ लाख

३० साउन, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ४५ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा २६.९६ प्रतिशतले धेरै हो । कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : August 15, 2025 at 11:45 am