२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेको इन्स्योरेन्सले कमायो ५५ करोड नाफा

३० साउन, काठमाडौं। नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशत कम हो । अघिल्लो आवमा इन्स्योरेन्सले ५९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ कर्जा लगानीबाट आम्दानी गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानीबाट आम्दानी गरेको  थियो ।

अघिल्लो आवमा १ अर्ब ६० करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको यो कम्पनीले गत आवमा ७।२९ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ प्रिमियम संलकन गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ६७ करोड १४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यो रकम अघिल्लो आवको तुलनामा ६१.४७ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको चुक्तापूँजी २५ प्रतिशतले बढेर २ अर्ब ५१ करोड, महाविपत्ती कोषको आकार १९.९२ प्रतिशत बढेर १६ करोड ५८ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९.३४ रुपैयाँबाट घटेर २१।९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : August 15, 2025 at 10:53 am