७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

भर्ने होइन त ! स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

३० साउन, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन ३० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ ३ गते हुनेछ भने ढिलोमा भदौ १३ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : August 15, 2025 at 9:02 am