१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कमायो ६८ करोड ८६ लाख नाफा

२९ साउन, काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ९.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३५ करोड २ लाख रुपैयाँ थियो । गत आवमा बैंकको निक्षेप संकलन ८.८१ प्रतिशत बढेर ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ पुगेको छ  ।

बैंकको चुक्तापूँजी ४ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा छ । बैंकको खराब कर्जा ३.४३ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत पुगेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख ६० हजार रुपैयाँ रहको छ भने  बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत रहेको छ ।बैंकको प्रतिसेयर आम्दानी घटेर १४.१२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५१.४२ रुपैयाँ ।

प्रकाशित मिति : August 14, 2025 at 9:29 am