चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता
२८ साउन, काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ ।
प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, रोजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम मर्जन, प्रनिस कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीलाई मुद्दा चलाउन राय दिएको थियो।
प्रकाशित मिति : August 13, 2025 at 4:02 pm









