२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

२७ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएकाे छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले राजीनामाको घोषणा गर्नुभएकाे हाे ।

आफू एक इमान्दार जनप्रतिनिधि भएको पनि उहाँले बताउनुभएकाे छ । उहाँले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

“समितिका सदस्यको मनसायअनुसार विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १६:४२