११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओशियाना नेप्लिज स्पोर्टस मिट संयोजन समिति अध्यक्षमा बिजय जोशी, खेल२०२७ मा एडिलेडमा हुने

अष्ट्रेलिया । ओशिनियाका नेपालीहरुको ओलम्पिक मानिने ओशिनिया नेप्लीज स्पोर्टस मिटको आइतवार सम्पन्न साधारण सभाले ओशियाना नेप्लिज स्पोर्टस मिट संयोजन समिति अध्यक्षमा बिजय जोशीलाई चयन गरेको छ । यस अघि अप्रिल २०, पर्थमा सम्पन्न ६औ  संस्करण समापनमा ७ औ संस्करण अष्ट्रेलिया पाचौ ठुलो शहर एडिलेडमा हुने घोषणा गरिएको थियो ।

साधारण सभाले गत अप्रिलमा पर्थमा सम्पन्न ६औं ओसिनिया नेपाली खेलकुद महोत्सवको समिक्षा गर्दै गर्ववान्धित र कृतज्ञ भएको उल्लेख गर्दै खेलाडी सहित सबै सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

७औ मिट मार्च २६-२८, २०२७ मा हुने तय भएको छ । एडिलेड नेप्लिज क्रिकेट एशोसियसनका अध्यक्ष समेत रहनु भएका नव नियुक्त अध्यक्ष जोशीले २०२७ मा मिट आयोजना गर्ने अबसर पाएकोमा खुशी व्यक्त गर्दै सबै नेपाली समुदाय भएर भव्य रुपमा सम्पन्न गर्ने बताए ।

जोशिले विधान बमोजिम यसको राष्ट्रिय संयोजन समितिलाई पुर्णता दिने र आयोजक साउथ अष्ट्रेलियाको राज्य संयोजन समितिलाई पनि सरोकारवालाहरु संग छलफल गरेर पुर्णता दिने बताए ।

जोशीका अनुसार अनुसार १० खेल खेलाईने भएको छ । जसमा क्रिकेट, फुटबल, भलिबल, लन टेनिस, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर दौड, गल्फ, पौडी, ब्याडमिन्टन रहेका छन् ।

जोशीले साउथ अष्ट्रेलियामा रहेका खेलकुद संग सम्वन्धीत संस्था मात्र नभएर सबै संस्थाहरुको सहकार्यमा २०२७ मा भव्य रुपमा ओशियाना नेपाली खेल महत्सव सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : August 12, 2025 at 12:28 pm