२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

केपी ओलीबिनाको एमाले असम्भवः निरुदेवी पाल

२३ साउन, काठमाडाैं । नेकपा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले ‘केपी ओलीबिनाको एमाले र एमालेविनाको समृद्ध नेपाल’ असम्भव रहेको स्पष्ट पार्नुभएको छ । शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा बोल्दै पालले एमालेविनाको समृद्धि कल्पनाभन्दा बाहिरको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीविनाको एमाले, एमालेविनाको नेपाल र समृद्धि कल्पना बाहिरको कुरा हो, यो सपना कोही कसैले नदेखे हुन्छ ।’ एमाले केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार र सङ्केत भएको उल्लेख गर्दै उहाँले यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार रहेकाे र रहने स्पष्ट पार्नुभयाे । ‘अरू धेरै बुझ्न जरुरी छैन’, उहाँले भन्नुभयाे ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मिसन ०८४ अभियान र पार्टीको नेतृत्व निरन्तरताका लागि अध्यक्ष ओलीकै अपरिहार्यता रहेकाे उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : 17:24