१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

केपी ओली बिनाको एमाले कल्पना गर्न सकिँदैनः भानुभक्त ढकाल

२३ साउन, काठमाडाैं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले केपी शर्मा ओली बिनाको एमाले कल्पना पनि गर्न नसकिने बताउनुभएकाे छ । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रूपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले अहिले ओली बिनाको एमालेको कल्पना गर्न नसकिने बताउनुभएकाे हाे ।

जनताको बहुदलीय जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य पुरा गर्न ओली नेतृत्वको एमाले अपरिहार्य भएको ढकालको भनाइ छ । ढकालले भन्नुभयो, ‘केपी ओली बिनाको एमाले बनाउँ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नु भएन । दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच–बिचारपछि गरिएको निर्णय हो ।’ उहाँले महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : August 8, 2025 at 3:39 pm