२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

केपीको ‘कु’विरुद्ध विद्या कार्यकर्तामा

२२ साउन, काठमाडौँ । नेकपा एमालेका नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘कु’को प्रतिवाद गर्ने हुनुभएको छ । उहाँले केपीको ‘कु’ कार्यकर्ता मार्फत प्रतिवाद गर्ने रणनीति अनुसार बानेश्वर क्षेत्रमा कार्यालय स्थापना गर्नुभएको छ ।

ओलीको आदेशमा केन्द्रीय कार्यालयले संविधानको अपव्याख्या गरेर पार्टीको लेटरप्याडमा विद्याका लागि एमालेको ढोका बन्द भएको घोषणा गरेको थियो । त्यसको केही दिनमै पार्टी अध्यक्ष ओलीले सार्वजनिक सम्बोधनमै आफ्नो पद असुरक्षित भएपछि विद्याको सक्रियतामा रोक लगाउन खोजिएको बताउनुभएको थियो ।

पार्टीको लेटरप्याडमा छापिएको विज्ञप्तिको खण्डन हुने गरी अध्यक्ष ओलीले सदस्यता ‘कु’ गर्नुको कारण बताएपछि संविधानको अपव्याख्या गर्ने द्धारपालहरू भने समस्यामा परेका छन । संविधानमा वर्तमान राष्ट्रपतिका लागि उल्लेख भएका धाराहरू विद्याका नाममा आकर्षित हुने भन्दै द्धारपालहरूले अहिले पनि लाजै नमानी तर्क गरिरहेका छन ।

कतिसम्म भने नेपाली सेनाको परामाधिपति विद्यादेवी भण्डारी नै हो भन्ने हिसाबले अहिले पनि उनीहरूको तर्कहरू सुनिन्छ । त्यही एमालेले नेपाली सेनाका जर्नेल र प्रहरीका पूर्व हाकिमहरूलाई संगठित गरेर एउटा छुट्टै जनवर्गीय संगठन नै बनाएको छ ।

विद्या एमालेको राजनीतिमा सक्रिय हुने बित्तिकै २० वर्ष एमालेको अध्यक्ष हुन्छु भनेर सार्वजनिक घोषणा गर्नुभएको ओलीको कुर्सी खतरामा पर्ने भएपछि भण्डारीको नविकरण भैसकेको सदस्यता समेत गैरकानुनी भनेर एमालेले गैरसंवैधानिक तर्कहरू पेश गरिरहेको छ ।

केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव बिनानै ओलीले विद्याको सदस्यता ‘कु’ गरेको घोषणा गर्नुभयो । जुनकुराको प्रतिवाद गर्ने र असहमति राख्ने ठाउँ समेत ओलीले नदिएको एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बीबीसीसँगको एउटा कुराकानीमा प्रष्ट भाषामा बताउनुभएको छ । उहाँले बैठकमा ओलीले बोल्न नदिएको भए पनि उहाँको घोषणामा रहेको असहमतिलाई केन्द्रीय कार्यालयमा लिखित रूपमै दर्ज गराउनुभएको छ ।

ओलीले चार दशकदेखिको पार्टी सदस्यतामा ‘कु’ गरेपछि भण्डारीले भने कार्यकर्ता मार्फत त्यसको प्रतिवाद गर्ने निर्णय लिनुभएको छ । उहाँले त्यसैका लागि बानेश्वर क्षेत्रमा एउटा कार्यालय स्थापना गर्ने निर्णय लिनुभएको छ । विं।सं। २०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा उहाँले कार्यालय स्थापना गर्नेगरी निर्णय गर्नुभएको उहाँ निकट नेताहरूले बताएका छन ।

प्रकाशित मिति : 07:45