विदेश हिँडेका खेम सेञ्चुरी केएमसी अस्पतालमा
२३ साउन, काठमाडौँ । लोकप्रिय गायक खेम सेञ्चुरी अस्पताल भर्ना हुनुभएको छ । बिहीबार साँझ एक महिने सांगीतिक यात्राका लागि क्यानडा, इजरायल र अस्ट्रेलिया जान विमानस्थल पुग्नुभएको सेञ्चुरी स्वास्थ्यमा अचानक समस्या देखिएपछि सिनामंगलको केएमसी अस्पतालमा भर्ना हुनुभएको हो ।
उहाँको सहयोगीहरूका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य छ । पेटमा समस्या देखिएपछि परीक्षण गर्दा स्टोन देखिएपछि चिकित्सकले त्यसको उपचारको तयारी गरेका छन । सेञ्चुरीका सहोयोगीले अगस्ट ९ को क्यानडामा हुने कार्यक्रममा उहाँ सहभागी हुन नसक्ने बताएका छन ।
एयर इन्डियाको विमान मार्फत क्यानडा जान बोर्डिङ गरेर अध्यागमनको समूर्ण पक्रिया पूरा गरेर प्रतिक्षालयमा बसिरहेको समयमा पेट दुखेपछि विमानस्थलमै सामान्य परीक्षण गरी अस्पताल पुर्याइएको थियो ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०६:०८









