३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

भर्याङ हुँ म !
उक्लिने-ओर्लिने
सबैलाई चाहिने
एकै ठाउँमा
निरन्तर उभिरहने।
एकाेहाेराे
सहयोग गरिरहने।
सधैं, प्रयोग मात्रै भैरहने
भर्याङ हुँ म।

मेरो ढाडमा टेकेर
उक्लिनेहरु
तला चढेको उन्मादमा
भाेजभतेर लाउदैछन् ।
बेसुरा गाना गाउँदै
कम्मर मर्काई नाच्दैछन्।
अर्को तला उक्लिन
फेरि, मलाई नै खाेज्दैछन्।

ईमानदार
भर्याङ हुँ म
कर्तव्य पूरा गर्दैछु।
आफ्नो निष्ठामा अडिग रहि
निरन्तर कर्म गर्दैछु ।

अनुजकुमार श्रेष्ठ

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार २१:१७