२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे काराेबार कति ?

२० साउन, काठमाडौं । साता तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन ट्रेड टावरको ३७ करोड रुपैयाँ, शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँ, बुटवल पावरको ३० करोड ५८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २४ करोड ६५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : August 5, 2025 at 3:14 pm