५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई बधाई

https://www.muktinathbank.com.np/online/loan-application

२० साउन, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्नुभएको छ “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।” परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसक्नुभएका विद्यार्थीहरूलाई पनि सान्त्वना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले असफलता अन्त्य होइन, नयाँ सुरुआतको अवसर हो । अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवनलाई उज्यालो बनाउँदै लैजानु हुनेछ भन्ने आशा राख्दछु ।”

प्रकाशित मिति : August 5, 2025 at 11:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/