१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

१९ साउन, काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने निर्णय गरेको छ। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिनुभएकाे हाे ।

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयाे, ‘ छिट्टै वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

प्रकाशित मिति : August 4, 2025 at 3:39 pm