२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१९ साउन, काठमाडाैं । साताको  दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १६.६५ अंकले बढेर २८७५.५५ को बिन्दुमा बन्द भएको छ ।  आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार हिमालयन रिको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको, हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको, ङादी ग्रुप पावरको ३१ करोड ८६ लाख रुपैयाँको र नेपाल रिको ३१ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यता कालिका पावरको ३० करोड १६ लाख रुपैयाँको, ट्रेड टावरको ३० करोड ९ लाख रुपैयाँको, लुम्बिनी विकास बैंकको २८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : August 4, 2025 at 3:13 pm