१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार २ बजेभित्र दाबी पेस गर्न आह्वान

१९ साउन, काठमाडाैं ।  बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयाे ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : August 4, 2025 at 2:46 pm