२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

१६ साउन, काठमाडाैं । नेकपा एमालेका युवा नेता चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो।

प्रकाशित मिति : August 1, 2025 at 5:56 pm