८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र चाहिने

१६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले अब सेयर कारोबार गर्नका लागि नयाँ ब्रोकर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएको छ ।

नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ । हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएको छ ।

साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

प्रकाशित मिति : August 1, 2025 at 5:28 pm