जागिरको खोजिमा हुनुहुन्छ ? कामना सेवा विकास बैंकले माग्यो कर्मचारी
१६ साउन, काठमाडौं । बैंकमा जागिर खाने हो ? यदि बैंकमा जागिर खाने हो भने कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकमा ६ पदका लागि जागिर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्ट, सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्ट, इन्फमेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र एसिस्टेन्ट रिलेसनसिप म्यानेजर पदका लागि दखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक आवेदकले साउन ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : 16:31









