झलनाथ खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार छैनः माधव नेपाल
१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झालनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाउनुभएको छ । नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले खनाललाई पार्टी छाडेर जान भन्नुभएको छ ।
विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताउनुभएको हो । ‘अचेल त एआईको जमाना छ, नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।’
झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर रहेको समेत उहाँले बताउनुभएको छ ।
प्रकाशित मिति : 16:19









