२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

सरूवा भएको ठाउँमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन गृहको निर्देशन

१६ साउन, काठमाडौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नगएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो।

‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना,’ सूचनामा उल्लेख छ।

मन्त्रालयले १८ जनाजना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बालाई २४ घण्टे निर्देशन दिएको हाे।

प्रकाशित मिति : 12:55