६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

जन्मदिन मनाउँदै गर्दा एमाले युवा नेता मिलन चक्रेसहित ४७ जना पक्राउ

१६ साउन, काठमाडौँ । प्रहरीले केही दिनदेखि लगातार जन्मदिन मनाएर हल्ला गरेको भन्दै नेकपा एमालेका युवा नेता मिलन चक्रेसहित ४७ जनालाई पक्राउ गरेको छ । केही दिनदेखि सडक किनार र रेष्ट्ररेन्टहरूमा दर्जनौँ केकहरू एकै ठाउँमा छेदन गरेर जन्मदिन बनाउँदै सामाजिक सञ्जालमा हालिरहेका एमाले नेता चक्रे बिहीबार राति काठमाडौँबाट पक्राउ परेका हुन । प्रहरीले जन्मदिन बनाउन सहभागी भएका अन्यलाई पनि पक्राउ गरेको छ ।

dainiki.com

यसअघि ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेपछि कांग्रेस नेता समेत रहेका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका थिए । गुरूङ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत निकटका हुन । प्रहरीले गुरूङ पक्राउ परेको २४ घण्टामा मिलनको समूहलाई पक्राउ गरेको हो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार ११:४३