८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

१६ साउन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकलाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : August 1, 2025 at 11:09 am