३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सिटि होटलले हकप्रद निष्काशन प्रयोजनार्थ तोक्यो बुकक्लोज मिति

१६ साउन, काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : August 1, 2025 at 9:42 am