६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

मार्गदर्शन सहकारीको ६ करोड अपचलनको आरोपमा अध्यक्ष केसी भक्तपुरबाट पक्राउ

१५ साउन, काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी आज भक्तपुरबाट पक्राउ परेका हुन् ।

दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्ष केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटा बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १७:०३