राप्रपाका केन्द्रीय सदस्य किशोर बहादुर कार्कीद्वारा पार्टी परित्याग
१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गर्नुभएकाे छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गर्नुभएकाे छ ।
पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताउनुभएकाे छ । ‘पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : 16:18









