ओलीलाई भेट्न बालुवाटार पुगे देउवा, मन्त्रिपरिषद् हेरफेरबारे छलफल हुने
१५ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुग्नुभएको छ। उहाँहरूबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ।
सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लाग्नुभएको छ। यसका लागि ओलीले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफल गर्न लाग्नुभएको हो ।
प्रकाशित मिति : July 31, 2025 at 12:18 pm









