१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडको कारोबार

१४ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।  यस दिन नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ को बिन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सान्भी इनर्जी र ट्रेड टावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज एक अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १५:३०