२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

१२ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने हुनुभएको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते बिहीबार विश्वासको मत लिने निर्णय गरेको हो।

सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । सो मतका लागि पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिनुभयाे । साथै, १३, १४ र १५ गते कांग्रेस सांसदहरूलाई धनगढी नछाड्न भनिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका २७ मत आवश्यक पर्छ। सत्तारुढ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्।

प्रकाशित मिति : 17:59