लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
१२ साउन, काठमाडौं। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो ।
प्रकाशित मिति : 16:23









