७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस

१२ साउन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । सोमबार बिहान बसेको आयोगको बैठकले पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको हो ।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा जानुभएको थियो। न्याय परिषद्ले उहाँको ठाउँमा पौडेललाई सिफारिस गरेको हो।

यस्तै रजिस्ट्रारमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ।

प्रकाशित मिति : July 28, 2025 at 12:50 pm