२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षमा शिव बास्तोला नियुक्त हुनुभएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले  पोखरा महानगरपालिका(६ कास्कीका वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभएको हो ।

बास्तोलालाई आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको उउहाँले बताउनुभयो । केही दिनदेखि अस्वस्थ भएको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै बास्तोलालाई कार्यबहाकको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले जनाउनुभएको छ ।

प्रकाशित मिति : 15:05