२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

चितवनमा लोडसेडिङ सुरु भएको होइनः हितेन्द्रदेव शाक्य

११ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताउनुभएको हो ।

चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको शाक्यले बताउनुभयो । विद्युत् क्षमतावृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको उहाँले जनाउनुभएको छ ।

प्रकाशित मिति : 13:56