सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारले लामो समयपछिको उच्च बिन्दु छोएको छ । कारोबार सुरु भएको केही समयमा नै नेप्से परिसूचक उल्लेख्य वृद्धि हुँदै ३००९.५० बिन्दुमा पुगेको हो ।
यसअघि गत आर्थिक वर्ष साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो । सो दिन कुल कारोबार २९ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । यद्यपि त्यसपछि बजार ओरालो लाग्दै स्थिर बनेको थियो ।
२०७८ भदौ २ गते ३१९८ अंकमा पुगेपछि घटेको नेप्से त्यसयता पुनः सो उचाइमा पून सकेको थिएन । तर असारको अन्तिम सातादेखि सेयर बजारमा सकारात्मक लय कायम रहँदै निरन्तर बजार बढीरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १२:४१













