गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
११ साउन, काठमाडौँ । लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने जनाएकाे छ ।
उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि कार्यालयको सम्पर्कमा नआएकोले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन सूचनामार्फत निर्देशन दिइएको हो ।

प्रकाशित मिति : July 27, 2025 at 12:24 pm









