माछापोखरीमा तरकारी किन्न गएकी महिलाको सिक्री लुटपाट, दुई जना पक्राउ
११ साउन, काठमाडौं । तरकारी किन्न गएकी महिलाको सुनको सिक्री लुटपाट भएको छ। काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान तरकारी किन्ने क्रममा सिक्री चोरी भएको हो।
सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको चार लाख ३८ हजार ७७ रुपैयाँ बराबरको सिक्री लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताउनुभयो ।
उक्त घटनापछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। बालाजुबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् । उनीहरुबाट प्रहरीले सिक्री, आइफोन र सामसुङको फोन बरामद गरेको जनाएको छ ।
प्रकाशित मिति : July 27, 2025 at 11:55 am









