एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि विद्या भण्डारीको पत्रकार सम्मेलन सुरु
९ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ । केहीबेरदेखि बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन सुरु भएको हो । एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।
पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे हाे । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेकाे छ ।
प्रकाशित मिति : 15:52









